बाँकेमा थपिएका आठ जना कोरोना संक्रमितलाई दाङको बेलझुण्डी ल्याइने

२ जेठ, नेपालगञ्ज । बाँकेमा शुक्रबार थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने भएको छ । नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केही पहिले भारतबाट आएका थिए । ‘नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने ।

Buddha International Hospital

उनका अनुसार उनीहरु फरक फरक समूहमा आएका थिए स्थानीय तहले बनाएको तीन वटा क्वारेन्टाइनमा थिए । अब उनीहरुलाई दाङ लगिने भएको छ । बाँकेको खजुरास्थित कोरोना अस्पताल (सुशील कोइराला प्रखर क्यान्सर अस्पताल) मा वेड खाली नभएकाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल लैजान लागिएको हो । अस्पतालमा ८८ आइसोलेसन बेड छ र, सबै खाली छ ।

Advertise with us

Advertise with us