कोरोना कहर : प्रदेश पाँचमा खतराको घण्टी, १ सय नाघ्यो कोरोना संक्रमितको संख्या

दाङ, २ जेठ । प्रदेश नम्बर पाँचमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ । बाँकेमा आज बिहान थप ८ जनामा संक्रमणको पुष्टी भएसंगै प्रदेशभरमा संक्रमितको संख्या १ सय नाघेको छ । प्रदेश नम्बर पाँचमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

प्रदेशका १२ जिल्लामध्ये अहिलेसम्म ५ जिल्ला कोरोना संक्रमणबाट प्रभावित भएका छन् । प्रभावित जिल्ला मध्ये सबैभन्दा कपिलवस्तु प्रभावित बनेको छ । कपिलवस्तुमा अहिलेसम्म ३९ जनामा संक्रमण देखिएको छ ।

Buddha International Hospital

त्यस्तै दोस्रोमा बाँके प्रभावित बनेको छ । बाँकेमा आज बिहान ८ जना थपिएसंगै संक्रमितको संख्या ३३ पुगेको छ । त्यसैगरी रुपन्देहीमा २८ , बर्दिया र पश्चिम नवलपरासीमा १÷१ जनामा संक्रमण देखिएको छ । प्रदेश पाँचका दाङसहित ७ जिल्ला अहिलेसम्म कोरोनाको संक्रमणबाट मुक्त देखिएका छन् ।

Advertise with us

Advertise with us