राप्ती गाउँपालिका कोरोना रोक्न कठोर बन्दै

देउखुरी, जेठ २ ।
दाङ जिल्ला राप्ती गाउँपालिकाको क्राईसेस म्यानेजमेन्ट कमिटिको विहिवार बसेको बैठकले कोरना संक्रमण रोक्न कठोर बन्नुपर्ने लगायतका निर्णय गरेको छ ।सर्ब पक्षिय,सर्ब दलिय बैठकले सरोकारवालाहरुले लकडाउन थप कडाइ गर्र्दै उलङघन गर्नेलाई कार्वाहिको दायरामा ल्याउन सल्लाह दिएको छ ।

नेपालमा कोरना संक्रमणको अवस्था भयावह बन्दै गएको परिपेक्षमा आगामी रणनिति निर्माणका लागि बैठक बसिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ । लगडाउनको समय थपीदै गर्दा पछिल्लो समयमा भारतबाट तथा अन्य कोरना संक्रमित रहेका जिल्लाबाट नागरिकहरु घर फर्कने क्रम बढेपछि राप्ती गाउँपालिकामा विहिवार सर्बपक्षिय बैठक बोलाईएको हो ।

Blog Post Ad

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सो बैठकमा राप्ती क्षेत्रका क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योग बाणिन्य संघका प्रतिनिधि तथा कार्यपालिकाका सदस्यहरुको सहभागीता रहेको थियो । बैठकमा हालको कोरना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका वारेमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी गराउदै कोरना करहको पछिल्लो ब्यवस्थापकीय समस्याको विषयमा जानकारी गराउनु भएको थियो ।

Blog Post Ad

आगामी दिनमा वडा गत रुपमा गठन भएका संक्रमण नियन्त्रण समितिलाई संक्रिय गराउने, वडा गत रुपमा क्वारेन्टाईनको ब्यवस्था मिलाउने, पछिल्लो लगडाउनको उलङघनमा रोक लगाई कडाई गर्ने लगायतका विषयमा निर्णय समेत गरिएको छ ।
साथै बैठकमा विहिवार बेलुका ५ बजेसम्म राप्ती गाउँपालिकाको चार क्वारेन्टाईममा राखीएका ७३ जनाको खाने बस्ने लगायतको सुरक्षा तथा सर्तकताको बारेमा समेत छलफल गरिएको छ ।

बैठकले जो कोहि अन्य जिल्ला तथा देशवाट राप्ती क्षेत्रको घरमा आएको भए सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सम्पर्कमा आई स्वास्थ्य चेकजाच तथा सुरक्षित बसाई गर्न समेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *