नाकाका दंगालीको उद्धार गरेर स्वास्थ्य जाँच गर्न सुझाब

घोराही, जेठ १ ।
मानब अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरुले दाङमा भारत सँगको सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुको सुरक्षित ढंगले उद्धार गरि स्वास्थ्य परिक्षण गर्न स्थानिय सरकारहरुलाई सुझाब दिएका छन् ।

कोरोना संक्रमणको जोखिम र स्थानिय सरकारहरुले गरिरहेको प्रयासका बिषयमा अनुगमन गर्दै उनिहरुले सिमा नाकाबाट आउनेहरु जोखिम बनेको भन्दै उनिहरुको सुरक्षित उद्धार र स्वास्थ्य जाँचमा तत्काल ध्यान दिन आग्रह गरेका हुन् ।

Buddha International Hospital
Advertise with us

भारतबाट लुकिछिपी पैदल र साईकलबाट समेत आउने गरेको भन्दै तत्काल गम्भिररुपले लिन समेत सुझाब दिएका छन् । साथै क्वारेन्टाईन र आईसोलेसनलाई लैंगिकमैत्री, सरसफाई, शौचालय, पानी, औषधी र खानपिनमा समेत उचित प्रबन्ध मिलाउन संस्थाहरुले सरकारलाई सुझाब दिएका छन् ।

लकडाउनका समयमा सुत्केरी, अपांगत, बालबालिका, जेष्ठ नागरिकहरुले भोग्नु पर्ने समस्याको पहिचान गरि सहज बाताबरण बनाउन समेत ध्यानआकर्षण गराईएको छ । साथै स्थानिय उत्पादनलाई सहजरुपमा बजारीकरण गर्ने बाताबरण समेत बनाउनु पर्ने देखिएको पाईएको छ ।

अनुगमनमा महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी केन्द्रिय सचिब लक्ष्मी आचार्य, ओरेकका संयोजक ईश्वरी थापा, मानव अधिकार सञ्जालका संयोजक केशव कुमार शर्मा, महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङका अध्यक्ष हुमा डिसी र सम्बाद समूहका सहजकर्ता सुष्मा गिरी रहनुभएको थियो ।

Advertise with us