भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ सय नाघ्यो

भारतमा कोरोना भाइरस कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार ७ सय २२ नयाँ संक्रमित फेला परेका छन् ।

Buddha International Hospital

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार ९ सय २२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म ९ सय ७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

Advertise with us

त्यस्तै गुजरातमा अहिलेसम्म नौ हजार दुई सय ६७ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि पाँच सय ६६ पुगेको छ । अहिलेसम्म भारतमा २६ हजार दुई सय ३५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertise with us