आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ : सबै ई–पास खारेज

दाङ १ जेठ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ । पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा कडाइ गरेको हो। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिनु भयो ।

Buddha International Hospital

कुनै जिल्लामा जानैपर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ । मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Advertise with us

Advertise with us