मेयरकपको छैठौँ दिनको खेल बिबादमा, खेल स्थगीत


घोराही, १० माघ | घोराहीमा जारी दोस्रो मेयरकप फुटबल प्रतियोगीताको छैठौँ दिनको पहिलो खेल स्थगीत भएको छ । पहिलो खेल बिबादमा परेपछि प्राबिधीकले तत्काललाई खेल स्थगीत गरेको हो ।

Blog Post Ad

भरतपुर खेल मैदानमा आज बिहान वडा नम्बर १५ र ६ बीच भएको खेलको पहिलो हाफको ३८ औँ मिनेटमा वडा नम्बर १५ गोल गरेको निर्णय रेफ्रिले दिएपछि दर्शकहरुको बिरोधमा खेल अबरुद्ध भएको थियो । दर्शकहरुले बिरोध गरेपछि अबरुद्ध भएको खेल स्थगीत गरेको प्राबिधीक संयोजक दिपक पुनले जानकारी दिनुभएको छ ।

Blog Post Ad

स्थगीत खेल मेयरकप फुटबल ब्यबस्थापन समिति संयोजक, दुबै वडाध्यक्ष तथा दुबै टीमका प्रशिक्षक, क्याप्टेनको बैठकले निर्णय गर्ने जनाइएको छ । अबरुद्ध भएको खेल खेलाउनका लागि प्रयास गरिए पनि दर्शकहरुले बिरोध गरेपछि स्थगीत भएको हो ।

यस्तै मेयरकप फुटबल प्रतियोगीता अन्तर्गत आज दिउसो वडा नम्बर ३ र ११ वडा फुटबल टीमबीच प्रतिष्पर्धा हुने ब्यबस्थापन समितिका सदस्य तथा दाङ जिल्ला फुटबल संघका महासचिब नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *