मकैमा फौजी किराको प्रकोप

दाङ, जेठ १ । दाङ देउखुरीमा लगाइएको मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप बढेको छ । फागुन १५ पछि लगाइएको मकैमा फौजी किरा बढी देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अहिलेसम्म तीनसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकैमा फौजी किरा फैलिसकेको छ ।

Buddha International Hospital

Advertise with us

केही दिनअघि थोरै क्षेत्रमा देखिएको फौजी किरा गढवा गाउँपालिकाको झन्डै ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा फैलिएको किसानहरु बताउँछन् । भर्खरै उम्रँदै गरेका मकैमा समेत यो किरा देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यालयको निर्देशन अनुसार विषादी छर्के पनि अन्यत्र फैलने क्रम नरोकिएको किसानहरु बताउँछन् ।

फौजी किराको प्रकोप बढेपछि गोडमेलका लागि तयार भएको मकै गोडमेल गर्नै छाडेको किसानहरुको भनाइ छ । घोराही उपमहानगरपालिकामा देखिएको फौजी किरा विषादी हालेर नियन्त्रणमा ल्याइएको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । जिल्लाकै शान्तिनगर गाउँपालिकाका किसानले पनि फौजी किरा देखिएको कृषि ज्ञानकेन्द्रलाई जानकारी गराएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रका किसानले करिब ३ सय हेक्टर जमिनमा लगाएको मकैमा अमेरिकी फौजी किरा देखिएकाले नियन्त्रणका लागिा काम भैरहेको कृषि ज्ञानकेन्द्र दाङका प्रमुख शन्देस धितालले बताउनु भयो । किरा प्रकोपको रुपमा फैलन थाले पछि जिल्लामा मिचाहा फौजी किरा नियन्त्रण टास्क फोर्स नै गठन गरेर काम भैरहेको छ ।

Advertise with us