पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ

दाङ, जेठ १ । दाङमा बिहीबार ९४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। पिसिआरका लागि बुधबार १ सय ५ जनाको स्वाब संकलन गरिएको थियो। तुलसीपुरमा उपचारत जुम्ल्याह शिशु र बुधबार दाङका २५ पत्रकारको पनि स्वाब संकलन गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकाय रजिस्ट्रार कैलाशप्रशाद देवले बताए।

Blog Post Ad

प्रतिष्ठानले हालसम्म पिसिआर विधिबाट ४ सय ५८ जनाको परीक्षण गरिसकेको छ। सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा। सागर पन्थीले जानकारी दिए।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *