स्वाब संकलन भएका १०५ जना मध्ये ९४ जना को रिपार्ट नेगेटिभ

घोराही १ जेठ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान अस्पतालमा नमुना संकलन गरिएको बिरामीहरुको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा घोराही राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान अस्पतालमा नमुना संकलन गरिएको बिरामीहरुको रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल बेलझुण्डी,तुलसी अस्पताल, लमही, जिल्ला स्वास्थ्य कार्यालय प्युठान र घोराही उपमहानगरपालीका भित्रका १०५ जना बिरामीको प्रतिष्ठान अस्पतालमा नमुना संकलन गरिएको थियो ।

Buddha International Hospital

उक्त १०५ जना मध्ये ९४ जनाको पिसिआर बिधिको परिक्षणमा रिपार्ट नेगेटिभ आएको कायम मुकायम रजिस्टार कैलाश प्रसाद देबले जानकारी दिनुभयो । अन्य बाँकीको परिक्षण भइरहेको उहाले बताउनुभयो ।

Advertise with us

Advertise with us