चेम्बरद्वारा सिसहनियाँमा तरकारी बिक्री स्थल व्यवस्थित

ओमप्रकाश गुप्ता

सिसहनियाँ १ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँमा तरकारी बिक्री गर्ने स्थललाई व्यवस्थित गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को उच्च जोखिममा दाङ पनि रहेकाले जथाभावी तरकारी बिक्री गर्दा कोरोना सर्न सक्ने भन्दै बिहीबार देखि चेम्बरले सामाजिक दुरी कायम गराउन रेखाङकन गरेको चेम्बरका सचिव गोपाल खत्रीले जानकारी दिएका छन् ।

Buddha International Hospital

Advertise with us

बजारको सिसहनियाँ महदेवा जाने बाटो देखि पश्चिममा सर्वोदय मावि जाने बाटो सम्म ४० जना सम्म बस्न सक्ने गरि रेखाङ्कन बनाइएको छ । सिसहनियाँ बजारमा दैनिक रूपमा ३५-४० जना कृषकहरू वडा नम्बर ५,६,७ र ८ बाट अाउने गरेका छन् भने दैनिक तरकारी किन्ने ग्राहक १ सय भन्दा बढी अाउने गरेका छन् । निकट भविष्यमा सिसहनियाँ बजारमा नेपाल भरिको तरकारी होलसेल हव बनाउने लक्ष्य रहेको चेम्बरका दोस्रो उपाध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

Advertise with us