नारायणी अस्पतालबाट भागेका दुईजना कोरोना संक्रमित पक्राउ

काठमाडौं, १ जेठ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका अर्का कोरोना संक्रमित पनि पक्राउ परेका छन्। बुधबार फरार भएकामध्ये एक जनालाई हिजै पक्राउ गरिएको थियो भने अर्का एक जनालाई बिहीबार पक्राउ गरिएको छ। उनलाई मामाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Buddha International Hospital

बिहीबार पक्राउ गरिएका उनी फरार भएर पर्सास्थित हरिहर पुल नजिक रहेको मामाघरमा लुकेर बसेका थिए। उक्त जानकारी प्रहरीमा आएपछि पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नारायणी अस्पतालमै राखेर उपचार गरिएको छ।

Advertise with us

Advertise with us