तुलसीपुरमा सुरु भयो श्रम बैकको काम

तुलसीपुर, जेठ १ । तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्नका लागि कामको सुरुवात गरेको छ । कोरोना संक्रमणका कारण भएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेको काम खोसिएको भन्दै उपमहानगरपालिकाले कामका लागि खाद्यान्नको अभियान अगाडि सारेको थियो ।


श्रम वैकमा काम गर्न इच्छुकले वडा कार्यालय मार्फत फाराम भरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए । उनले वडाले आवश्यकताका आधारमा योजनाको छनोट गरेर आवश्यक श्रमिक संख्याको आधारमा सिफारिस गरेको पनि वताए ।

Buddha International Hospital
Advertise with us

सरसफाई, सडक निर्माण, वृक्षारोपण लगायतका विभिन्न योजनाका  काममा उनीहरुलाई लगाइने गरी उपमहानगरपालिकाले कार्यविधि समेत वनाएको प्रमुख खत्रीले वताए ।

Advertise with us