संकटमा सक्रिय उज्यालो विहानी फाउण्डेसन

नवीन अभिलाषी

फागुनको अन्तिम सातातिर दाङ सहित विभिन्न जिल्लाका युवाहरु भेला भए । कोरोना भाईरसको महामारी विश्वव्यापी भैसकेको थियो । सामाजिक सेवाका लागि विभिन्न युवाहरुले हातेमालो गर्ने उदेश्यले एउटा संस्था स्थापना गरे उज्यालो विहानी फाउण्डेसन । यो संस्थाबाट वितेको दुई महिनामा जे जति सहयोगमुलक कार्यहरु भएको छ, त्यो क्रियाशिलताका कारण यो संस्था धेरै चर्चामा छ ।

Buddha International Hospital

चैत्र २ गते औपचारिक रुपमा स्थापना भएको यो संस्थामा ११ जना युवाहरु छन् । त्यो बाहेक बाह्यरुपमा सहयोग गर्ने धेरै युवाहरु यो संस्थासँग जोडिएका छन् । विद्यार्थी, व्यवसायी, विभिन्न क्षेत्रमा जागिरे र डक्टरहरु समेत सहयागी भएको यो संस्था विरुद्ध सामाजिक सेवाका लागि काम गर्न स्थापना गरिएको सचिव तुलाराम विश्वकर्माले बताउनुभयो ।

Advertise with us

आर्थिक अभाव र गरिवीबाट पिल्सीएका घरपरिवारहरुलाई विभिन्न सहयोग गर्ने, विपन्न परिवारका जेहेनदार विद्यार्थीहरुको शिक्षा आर्जनका लागि शैक्षिक गतिविधिहरु गर्ने, स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यहरु सञ्चालन गर्ने, विभिन्न समयमा हुन सक्ने विपद् व्यवस्थापन, उद्धार र राहतवितरणका कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको उदेश्य छ । त्यति मात्र हैन दलित, महिला, अपांग, अल्पसख्यक, बालबालिका तथा सामाजिक रुपमा पछाडी पारिएका ब्यक्ति तथा समुदायको विकासका लागि, अधिकारका लागि र राज्यसंगको सम्बन्ध विस्तारका लागि समेत संस्थाले समन्वयकारी भुमिका खेल्ने योजना छ ।

जिल्लामा खेलकुदको विकासका लागि युवाहरुलाई सामुहिक रुपमा उत्प्रेरित गर्ने, कार्यक्रमहरु आयोजना गर्ने, युवाहरुलाई रोजगारउन्मुख गराउने, लागुऔषध नियन्त्रण तथा नियमन र जनचेतनामुलक कार्यक्रमहरु गर्ने योजनाहरु छन् । यसको साथै विद्युत, खानेपानी, जलवायु परिवर्तन र सडकहरु निर्माणमा युवाहरुको भुमिकालाई बलियोगरी स्थापित गर्ने गरी संस्थालाई मुर्तरुप दिईएको सचिव विश्वकर्माले बताउनुभयो । ‘यो एउटै गैरनाफामुलक सामाजिक संस्था हो, युवाहरुले नेतृत्व गरेर समाजको विकासका लागि र केहि समस्या समाधान गर्न सकिन्छ कि भन्ने उदेश्यले हामीले यो संस्थाको निर्माण गरेका हौँ ।’ यसको अध्यक्ष गिररोदन महरा हुनुहुन्छ ।

यो संस्था मार्फत कोरोना संक्रमणको जोखिम न्युनिकरढा गर्न सरकारले गरेको लकडाउनमा अप्ठेरो परेका ब्यक्तिहरुलाई सहयोग गरिएको छ । राहत वितरण, निशुल्क खाना, तरकारीको मुल्य समायोजन, उद्धार विभिन्न आविस्कारहरु गर्ने कामहरु भैरहेको सचिव विश्वकर्माले बताउनुभयो । नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । यो विचमा सरकारले पनि लाखौँ रुपैया बराबरको राहत वितरण गरेको छ । उज्यालो विहानी फाउण्डेसनले पनि ३ सय देखि माथि घरपरिवारहरुलाई उनीहरुकै बस्तीमा पुगेर खाद्यन्न सहित दैनिक उपभोग्य बस्तुहरु वितरण गरेको छ । यसले छोटो समयमा उज्यालो विहानी फाउण्डेसन संस्थाको गरिमालाई बढाएको छ ।

लकडाउनको समयमा लामो दुरी हिडेर आएका यात्रुहरु, बजारमै बस्ने विद्यार्थीहरु, अति विपन्न तथा गरिव घरपरिवारहरुलाई निशुल्क खाना खुवाउने काम पनि भएको छ । सचिव विश्वकर्माका अनुसार करिव ४ सय व्यक्तिहरुलाई खाना खुवाईएको छ । यस्तै कोरोना संक्रमणको त्रासले डेराबाट निकालिएकी एक जना नर्सलाई उद्धार गर्ने, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको विचमा लैजाने काम भएको छ भने बन्दको समयमा आर्थिक अभावले समस्याग्रस्त एक जना विरामीहरुको उपचार गरिएको छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीमा असहाय बालिका सुनिता चौधरीको घरमा टिन लगाईएको छ । निरन्तरको वर्षातका कारण खरले छाईएको घर चुहिने भएपछि उक्त घरमा टिन लगाईएको हो । बालिकाको कोही पनि आफन्त नभएको र उनिहरु लामो समयदेखि जिर्ण घरमा बस्दै आएकाले करिव २० हजार रुपैँयाको लागतमा टिन लगाएर सहयोग गरिएको सचिव विश्वकर्माले जानकारी दिनुभयो ।

 

अहिले उज्यालो विहानी फाउण्डेसनमा आवद्ध युवाहरु र केहि बाहिरका युवाहरुको सहकार्यका कोरोना बुथको निर्माण गरिदै छ । कोरोना भाईरसको संक्रमणको आशंका गरिएका ब्यक्तिको स्वास संकलनको लागि स्वास्थ्यकर्मी र अन्य ब्यक्तिहरुलाई समेत सुरक्षित बनाउने वुथको निर्माण गर्न थालेको सचिव विश्वकर्माले बताउनुभयो । उहाँले सिसा र आल्मुनियमबाट निर्माण भएको छ भने माईक्रोफोनको समेत प्रयोग गरिएको छ ।

कोरोना भाईरसको संक्रमणका कारण अहिले विश्व नै आतंकित बनिरहेको छ । लाखौँ मानिसहरुले ज्यान गुमाएका छन् भने लाखौ मानिसहरु अहिले अस्पतामा छन् । आईसोलेसनमा छन् । नेपाल पनि त्यसबाट बच्न सकेको छैन । कोरोना संक्रमितहरु भेटिने क्रम रोकिएको छैन । यस्तो अवस्थामा उज्यालो विहानी फाउण्डेसनका युवाहरु भने आफुलाई सुरक्षित राख्दै अप्ठेरोमा परेका ब्यक्ति तथा समुदायहरुलाई सहयोग गरिरहेका छन् ।

‘हाम्रो अभियान नै विरुद्ध सहयोग गर्ने अभियान हो, कुनै पनि विषयले अप्ठेरोमा परेका ब्यक्तिहरुलाई हामीले सहयोग गर्ने योजना बनाएका छौँ ।’ अध्यक्ष महराले भन्नुभयो, ‘हामीले पनि विभिन्न निकायहरुबाट जुटाएर सहयोग गर्ने हो, हाम्रो यो अभियानलाई धेरैले सहयोग गर्नु भएको छ, ।’

Advertise with us