स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमितको संख्या, संक्रमित २४५ मात्र

नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या २ सय ४५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार बिहान मन्त्रालयले सर्लाही, धनुषा र महोत्तरीमा गरी थप पाँच जना नयाँ संक्रमित देखिएको भनेर दिएको सूचनामा त्रुटि देखिएको हो। त्यससँगै संक्रमित संख्या २ सय ५० पुगेको विवरण दिएको मन्त्रालयले तथ्यांक सच्याउँदै हालसम्म संक्रमित २ सय ४५ मात्र रहेको जनाएको छ।

Blog Post Ad

पहिले नै पुष्टि भएका पाँच जनाको विवरण प्राविधिक कारणले पुन: रिपोर्टिङ भएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *