उपचार नपाउँदा सुत्केरीको ज्यान जोखिममा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी भर्ना लिएन, बिरामी अलपत्र


दाङ, माघ  । उपचार नपाएर सुत्केरी महिलाको ज्यान जोखिममा परेको छ । रोल्पाको परिवर्तन गाउँपालिका पाछावाङकी दीलमाया घर्ती उपचार नपाएर घोराहीको अस्पतालमा बसिरहेको उहाँका आफन्तले जानकारी दिएका छन् ।


Advertise with us
् सुत्केरी व्यथा लागेर उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा आएकी दीलमाया प्रतिष्ठानले उपचार गर्न नमान्दा अलपत्र परेको आफन्तहरुले जनाएका छन् । ‘महिना पुगेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएर आएका थियौं ।

Buddha International Hospital

प्रतिष्ठानका डाक्टरहरुले यहाँ उपचार हुँदैन भनेर मध्यपश्चिम क्लिनिकमा पठाउनुभयो । त्यहाँ भिडियो एक्सरे गर्दा बच्चा मरेको जानकारी आयो’, बिरामीका आफन्तले दाङ खबरसँगको कुराकानी भने, ‘तुलसीपुर फोन गर्दा त्यहाँ पनि गाइनोको डाक्टर नभएको जानकारी पायौं । बाहिर लैजाने हो भने पैँसा छैन । रातिमा कहाँ जाने होटेलमा आएर बसेका छौं ।’


पेटमा बच्चाको मृत्यु हुँदा आमाको ज्यान जोखिममा हुने भन्दै उनको उद्दारका लागि आफूले प्रयास गरिरहेको स्वास्थ्यकर्मी मदन ओलीले जानकारी दिनुभयो । ‘जिल्लामा कतै पनि गाइनोको डाक्टर नभएको जानकारी आएपछि जिल्ला बाहिर लैजाने तयारीमा छौं’, ओलीले भन्नुभयो, ‘हेलिकप्टरका लागि पनि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरिरहेका छौं ।’

राप्तीका जनताहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बन्दा यहाँका बिरामीहरुले दिनहुँ सास्ती खेप्दै आइरहेका छन् । अस्पताल सुधारसँगै पेसागत सुरक्षाको माग गर्दै गत माघ २ गतेदेखि आन्दोलनमा उत्रिएपछि प्रतिष्ठान सुनसान बनेको छ ।

 

प्रतिष्ठानको प्रशासनमा ताला लगाएर साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका करार गरी ७ दर्जन बढी चिकित्सक कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानका सम्पूर्ण सेवा प्रभावित भएका छन् । आफ्ना माग पुरा नभएसम्म काममा नफर्कने भन्दै कर्मचारीहरु आन्दोलिनमै छन्, प्रतिष्ठान प्रशासन भने कर्मचारीहरुलाई गलाउने रणनीतिमामा देखिन्छ । जसका कारण प्रतिष्ठान धरासायी बन्दै आएको छ ।

प्रतिष्ठानमा कार्यरत ७ दर्जन बढी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले गत साउन महिनादेखि तलव नपाएपछि आन्दोलित भइरहेको समयमा प्रतिष्ठानका पदाधिकारीको भने आलोपालो दाङ–काठमाडौँ दौडाहा सुरु भएको छ । समयमै तलव नपाएको भन्दै कर्मचारी आन्दोलित भइरहँदा प्रतिष्ठानका पदाधिकारीहरुको गैरजिम्मेवारपूर्ण कार्यले दाङको भविष्यसँग जोडिएको प्रतिष्ठान लथालिङ्ग बन्दै जानुले चौतर्फि चिन्ता थपिएको छ ।

 

Advertise with us