पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण

दाङ, जेठ १ । नेपाल पत्रकार महासंघ दाङलाई प्रेस ज्याकेट सहयोग प्राप्त भएको छ । पत्रकार गणेश आचार्यको पहलमा बनेको ५० वटा प्रेस ज्याकेट बिहीबार महासंघका अध्यक्ष सविन प्रियासनलाई हस्तान्तरण गरिएको हो ।

Buddha International Hospital

लकडाउनको समयमा समाचार संकलनका लागि खट्ने क्रियशील पत्रकारहरुका लागि प्राप्त भएको ज्याकेट पत्रकार आचार्यले अध्यक्ष प्रियासनलाई हस्तान्तरण गर्नुभएको हो । समाचार संकलनमा निस्कने पत्रकारहरु समस्यामा परेको महसुस गरी प्रेस ज्याकेट निर्माणमा पहल गरेको पत्रकार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमै बाँकी ५० प्रति ज्याकेट महासंघलाई हस्तान्तरण गरिने छ ।

Advertise with us

Advertise with us