लकडाउन जेठ महिनाभरी लम्बिन सक्ने : आजबाट सबै सवारी पास रद्द

काठमाडौं, १ जेठ। सरकारले आज बाट लागु हुने गरी लकडाउन कडा गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनमा कडाई गरेको हो । संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन कडा गर्ने निर्देशन दिइसक्नु भएको छ । संक्रमणलाई दृष्टिगत गरी जेठभर पनि लकडाउन लम्बनसक्ने बुझिएको छ । यसका लागि पूर्व तयारी भइसकेको स्रोतले जानकारी दिएको छ ।

Buddha International Hospital

गृह मन्त्रालयले सुचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको छ । अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गरिनेछ । आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ ।

Advertise with us

जानै परे सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ ।

Advertise with us