आज बिहानै थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

दाङ, १ जेठ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर ५ मा संक्रमितको संख्या ९४ पुगेको छ ।

Buddha International Hospital

प्रदेशमा अहिलेसम्म सबैभन्दा बढी कपिलवस्तुमा ३९ जनामा संक्रमण देखिएको छ ।

Advertise with us

त्यस्तै रुपन्देहीमा २८ जना, बाँकेमा २५ जना , बर्दिया र पश्चिम नवलपरासीमा जना १र१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

प्रदेशमा अब दाङसहित रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, रुकुम पुर्व र पाल्पा कोरोनाबाट सुरक्षित देखिएका छन् ।

Advertise with us