प्रदेश नम्बर पाँचमा कोरोना संक्रमितको संख्या ९४ पुग्यो

दाङ, १ जेठ । प्रदेश नम्बर पाँचमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । प्रदेशमा आज बिहानमात्रै १ जना कोरोना संक्रमित थपिएसंगै प्रदेश पाँचमा संक्रमितको संख्या ९४ पुगेको छ ।

प्रदेशका १२ जिल्ला मध्ये ५ जिल्लामा अहिलेसम्म संक्रमण देखिएको छ । प्रदेशमा अब ७ जिल्लामात्रै संक्रमणमुक्त देखिएका छन् । प्रदेशमा अहिलेसम्म सबैभन्दा बढी कपिलवस्तुमा ३८ जनामा संक्रमण देखिएको छ ।

Buddha International Hospital

त्यस्तै रुपन्देहीमा २८ जना, बाँकेमा २५ जना , बर्दिया र पश्चिम नवलपरासीमा जना १÷१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ । प्रदेशमा अब दाङसहित रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, रुकुम पुर्व र पाल्पा कोरोनाबाट सुरक्षित देखिएका छन् ।

Advertise with us

Advertise with us