दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, १ जेठ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर–७ का ३१ वर्षका विशाल थापाको मृत्यु भएको छ ।

मोटरसाईकलमा सवार सोही ठाँउका १३ वर्षीय हिक्की पुन गम्भीर घाईते हुनु भएको छ । घोराही तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमा बिहिबार (आज) बिहान मोटरसाईकल दुर्घटना भएको हो ।

Buddha International Hospital

पर्सेनीबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो । घाईते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । मोटरसाईकल दुर्घटना हुनुको कारण अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertise with us

Advertise with us