दाङमा १० बेडको आईसीयू उद्घाटन

घोराही, ३१ बैशाख। दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयूको उद्घाटन गरिएको छ । आज प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

कोरोना संक्रमित भए नभएको स्वाब जाँच गर्दै आएको प्रतिष्ठानमा अनुगमनका लागि पुग्नुभएका मुख्य मन्त्री पोख्रेलले नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयूको उद्घाटन गर्नुभएको हो । उहाँले नागरिकको स्वास्थ्य सुरक्षामा विश्वास जित्ने गरी सेवामा गुणस्तरीयता ल्याउन सुझाब दिनुभएको छ ।

Buddha International Hospital

प्रतिष्ठान सबैको एक साझा अस्पताल तथा एकेडेमीक संस्था भएकोले सेवा, शिक्षा तथा अनुसन्धान कार्यलाई सफल पार्न सबैले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।

Advertise with us

आजै मुख्य मन्त्री पोख्रेलले कोरोना अस्पताल बेलझुण्डीको अवलोकन समेत गर्नुभएको छ । अस्पताललाई नमूना अस्पताल बनाउने र विरामीको उपचारमा कुनै कमी नहुने गरी लाग्न सबैलाई सुझाब दिनुभएको छ ।

Advertise with us