कोरोनाको ‘हटस्पट’ बन्दै प्रदेश ५

घोराही, ३१ बैशाख। सीमाबाट लुकीछिपी प्रवेश गरेकाहरुसँगै कोरोना भाईरसको संक्रमण भित्रिन थालेपछि प्रदेश नम्बर ५ उच्च जोखिममा परेको छ । भारतले लकडाउन खुकुलो पारेसँगै सीमाक्षेत्रमा ल्याएर छाडिदिएकाहरु लुकेर नेपाल आउने गरेका छन् ।प्रदेश नम्बर पाँचमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । प्रदेशमा आजमात्रै २३ जना कोरोना संक्रमित थपिएसंगै प्रदेश पाँचमा संक्रमितको संख्या ९३ पुगेको छ ।

Buddha International Hospital

सीमानाकामा यसरी आएका नेपालीको भीड दिनहुँ थपिँदै गएकाले यो प्रदेश कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा बढेको छ । कतिपय स्थानमा खेतको साँध, घरको छत र आँगनसमेत भारतसँग जोडिएकाले उनीहरुलाई रोक्न चुनौती छ ।

Advertise with us

प्रदेश ५ मा संक्रमितको संख्या ९३ पुगिसकेको छ । हालसम्म भारतसँग सिमाना जोडिएका बाँके, कपिलवस्तु, रुपन्देही र बर्दियामा संक्रमित भेटिएका छन् । यी चारसहित ६ वटा जिल्लाको ४ सय ८५ किमि सीमा भारत, उत्तर प्रदेशका सात जिल्लासँग जोडिएको छ । ६ जिल्लामा साना–ठूला गरी ५६ वटाभन्दा बढी नाका छन् ।

उत्तर प्रदेशमा एकै दिन १ सय ६ जनामा संक्रमण देखिएको छ भने कुल संख्या ३ हजार ६ सय नाघिसकेको छ । अहिलेसम्म भेटिएका अधिकांश संक्रमित भारतबाटै आएको यात्रा विवरणले देखाएको छ ।

सुरुमा आएकालाई स्थानीय तहले क्वारेन्टाइनमा राखेका थिए । तीनरचार दिनयता सीमामा थेग्न नसकिने भीड बढेपछि स्थानीय तहले व्यवस्थापन गर्न सकेका छैनन् ।

Advertise with us