बेलझुण्डी खानेपानीद्धारा एक महिनाको महशुल छुट

बिजौरी, ३१ बैशाख। बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसरसफाई संस्थाले एक महिनाकोे महशुलमा नलिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका चारवडा वडालाइ खानेपानी आपुर्तिगर्दै आएको संस्थाले उपभोक्ताले बैशाख महिनाभरीको महशुल नलिने भएको हो ।

कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भइरहेको मध्यनजर गर्दै लकडाउन अवधिको एक महिनाको खानेपानी महसुल छुट दिएको संस्थाका अध्यक्ष प्रदीप गौतमले बताउनुभयो ।

Buddha International Hospital

यो रकम झण्डै.२ लाख हुन आउँछ । संस्थाको बैशाख ३० गते बसेको बैठकले लकडाउनका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै एक महिनाको महसुल छुट दिने निर्णय गरेको उहाँले बताउनुभयो । न्यूनतम र सो भन्दा बढी महसुल आउने सबै बैशाख महिनाको महसुल छुट दिने गरिएको गौतमले जानकारी दिनुभयो ।

Advertise with us

लकडाउन लम्बिदा आम्दानीका सबै स्रोत बन्द भएको र उपभोक्तामा आर्थिक भार परेको कुरालाई मध्यनजर गरी महसुल छुटको निर्णय गरिएको उहाँको भनाई छ । बेलझुण्डी खानेपानीमा संस्थामा एक हजार २ सय पचास धारा मध्ये संस्थागत २२ वटा, सार्वजनिक ७२ र एक हजार २ सय २८ ब्यक्तिगत धारा रहेका छन । संस्थागतको मासिक न्यूनमत महसुल ३ सय र ब्यक्तिगत खानेपानी महसुल १ सय रहेको छ ।

Advertise with us