सुत्केरी बोकेर दाङ आउँदै गरेको एम्बुलेन्स पुलबाट खसेपछि

दाङ, वैशाख ३१ । बाँकेमा बुधबार सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । सुत्केरी बोकेको एम्बुलेन्स बाँकेको कोहलपुरस्थित रोहिणि खोलामा खसेको हो । दुर्घटनामा परि ६ जना घाइते भएका छ्न । मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर दाङ तर्फ आई रहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स कोहलपुर नगरपालिकाको वडा नं. १२ स्थित रोहिणी खोलामा खसेको हो ।

Buddha International Hospital

एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको बताइएको छ । एम्बुलेन्समा चार दिने सुत्केरी प्रमिला परियार, उनको छोरी, उनका श्रीमान, ससुरा, एम्बुलेन्स चालक र साहु गरी ६ जना सवार थिए । दुर्घटनामा परेर ६ जना नै घाइते भएका छन् । उनीहरु सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

Advertise with us

Advertise with us