घोराही चेम्बरद्वारा खाद्दान्न सहयोग

दाङ,३१ बैशाख । घोराही उपमहानगरपालिका चेम्बर अफ कमर्सले घोराही–६ लाई खाद्दान्न सहयोग गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने नागरिकहरुको भोकको समस्या हटाउन घोराही–६ का मजदुरहरुका लागि खाद्दान्न सहयोग गरेको महासचिव बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

घोराही चेम्बर अफ कमर्सका अध्यक्ष मञ्जु बज्राचार्यले बुधबार घोराही–६ का अध्यक्ष रेब बहादुर बुढाथोकीलाई खाद्दान्न हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरसका कारण अति बिपन्न गरिवारमा उत्पन्न भएको भोकको समस्या हल गर्नका लागि घोराही उपमहानगरपालिका चेम्बर अफ कमर्सले खाद्दान्न सहयोग गरेको भन्दै बज्राचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तिमा वडा.नम्वर ६ लाई चामल सहयोग गरिएको जानकारी गराइएको छ ।

Advertise with us