प्रदेश पाँचमा कोरोना संक्रमणको संख्या ७२ जना

दाङ, ३१ बैशाख । कपिलवस्तु र बाँकेमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २२ वर्षिय पुरुष र नेपालगञ्जका ३६ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा नेपालगञ्ज–८ का पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठ्माण्डौमा गरिएको परिक्षणमा कपिलवस्तु–५ का २२ वर्षिय युवकमा कोरोना संक्रमण देखिएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Buddha International Hospital

यसैबिच प्रदेश नम्बर पाँचमा अहिलेसम्म ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Advertise with us

Advertise with us