लकडाउनलाई थप कडाई

दाङ, ३१ बैशाख । कोरोनो भाइरसको संक्रमण बढेसंगै लकडाउनलाई थप कडाई गरिएको छ । लकडाउन कार्यान्वयनका लागि अब पास भएपनि एक जिल्लाबाट अर्को जिल्ला जान नपाईने भएको छ ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको हो । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।

Blog Post Ad

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको बताउनुभयो । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

Blog Post Ad

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *