कोरोनाको मारमा दाङका होटल व्यवसायी

दाङ, ३१ बैशाख । दाङमा साना ठुला गरि १ हजार ३ सय ७० होटलहरु छन् । लकडाउनका कारण सबै होटल व्यवसाय अहिले ठप्प छन् । ति होटलहरुमा करिव दुई हजार पाँच सयले रोजगारी पाएका थिए । तर होटेल व्यवसाय बन्द हुँदा होटेलमा कार्यरत श्रमिकको रोजीरोटी गुम्ने अवस्थमा पुगेको छ ।

Buddha International Hospital

Advertise with us

लकडाउनको यो सामयमा होटलका सबैजसो कर्मचारी घरमै बसेका छन् । घरमै बसेर उनिहरुले लकडाउनको पालन गरि रहेका छन् । तर घरमै बसिरहेका कर्मचारीहरुलाई तलव नदिने मनस्थितिमा होटल व्यवसायीहरु छन् । तर होटलमा कार्यरत श्रमिक भने होटल व्यवसायीहरुसंग सहमत देखिदैनन् । लामो समयको बन्दा बन्दीका कारण होटल व्यवसायीमात्र होइन् श्रमिक पनि समस्यामा परेका छन् ।

आफ्नै कर्मचारीलाई काम बाट निकाल्न नमिल्ने र तलव पनि समझदारीमा केही प्रतिशत दिनुपर्ने होटलका कर्मचारी नविन वलिको भनाई छ । ‘ तलव नै नदिनु , कामबाट निकाल्नु एकदम गलत हो यसो गर्न नमिल्ने उहाले भन्नुभयो । ’

तलवकै भरमा घर परिवार पालेका कर्मचारीको अवस्था अहिले भने एकदमै नाजुक देखिन्छ । उनिहरुलाई दुई महिना पुग्नै लाग्दा समेत तलव नपाउदा खानै मुस्किल पर्ने गरेको छ । ‘ दुई महिना पुग्न लागी सक्यो , तलव आको छैन, खान पनि धौ भो होटेलले आधी सालरी दिए पनि हुन्थीयो शान्तीनगर ५ का दिपक बुढाथोकीले भन्नु भयो । ’

कर्मचारीलाई पहिले जसरी काममा राख्न नसक्ने र तलव पनि दिन नसक्ने अवस्था आएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्र बहादुर डाँगीको भनाई छ । ‘ केही पेश्की दिईएको छ तर कामै नगरेर घरमा बसेकाहरुलाई तलव त दिन नसकिने उहाले भन्नु भयो । ’

होटल सञ्चालन गरेका घरधनीले घरभाँडा मिनहा गर्नु पर्ने र स्थानिय सरकारले पनि कर छुट गर्नु पर्ने उहाको माग छ ।

होटल तथा रेष्टुरेन्ट लगायत आर्थिक कारोबार हुने क्षेत्रमा लकडाउनको प्रत्यक्ष प्रभाव देखिएको छ । यहाँका स्थानिय सरकारले भने अहिलेसम्म होटल व्यवसाय र सो क्षेत्रमा काम गर्ने श्रमिकका लागि कुनै निर्णय गर्न नसकेको बताएका छन् ।

‘ लकडाउनको बेला छ, यस्तो बेलामा होटल व्यवसायीका लागी कुनै पनि निर्णय भएको छैन , आगामी निति तथा कार्यक्रममा यसबारे सार्वजनिक गरौला तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता नवराज लामिछानेले भन्नु भयो । ’

कोरोना भाइरसका कारण रोगले नभई भोकले मर्ने स्थिति छ । यस्तो परिस्थितिमा होटलका श्रमिक र होटल व्यवसायका लागि सरकारको भुमिका कस्तो रहन्छ, श्रमिक र होटल व्यवसायी सरकारको निर्णय पर्खिरहेका छन् ।

Advertise with us