कोरोना भाइरसको जोखिम बढेपछि पर्सामा कफ्र्यु

पर्सा, ३१ बैशाख । कोरोना भाइरसको जोखिम बढेपछि पर्सामा कफ्र्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर गएराति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेगरी पर्सा जिल्लाभर कफ्र्यु लागू गरेको जनाएको छ ।

अब पर्सामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउनेछैनन् भने जिल्लाभर सेना परिचालन गरिएको छ ।

Buddha International Hospital

कोरोना नियन्त्रणको लागि नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएपनि नटेरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय प्रशासन ऐन अनुसार सेना परिचालनसमेत गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । मंगलबार ५७ जनामा पुष्टि भएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको छ ।

Advertise with us

Advertise with us