दाङमा क्वारेन्टाईन बढाउने तयारी

दाङ, वैशाख ३१ । दाङसंग सिमाना जोडिएका जिल्लाहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि दाङमा उच्च सावधानी अपनाउन थालिएको छ । त्यसको लागि आवस्यक पर्न सक्ने क्वारेन्टाईनको व्यवस्थापन गर्न थालिएको छ ।

दाङमा अहिले २ सय ८८ वटा बेडको क्वारेन्टाईन छ । ५४ जना बस्दै आएका छन् भने १ सय ६६ आईसोलेसन बेड रहेको छ ।

Buddha International Hospital

पूर्वमा कपिलबस्तु, रुपन्देही र पश्चिममा बाँके सँगै बर्दियामासमेत कोरोना संक्रमित देखिएपछि दाङमा पनि सतर्कता बढाईएको हो ।

Advertise with us

प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले दाङमा कोरोना संक्रमण फैलिन नदिन उच्च सावधानी र क्वारेन्टाईनको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।

तत्कालका लागि भारतबाट आउन सक्ने नागरिकहरुलाई व्यवस्थापन गर्ने गरी भौतिक पूर्बाधारहरुको छनोट र व्यवस्थापनको तयारीमा लागेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

सिमानाका र भारतका कार्य स्थलमा अलपत्र परेका नागरिकहरु करिब ३ हजार आउन सक्ने भन्दै भवनहरुको व्यवस्थान गर्न थालिएको समेत उहाँले जानकारी दिनुभयो ।

लकडाउनको पालना गर्न र अत्यबस्यक कामहरु गर्दा पनि भौतिक दूरीलाई कायम गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

यो अबस्था रोग सँगको प्रतिकार्य भएको भन्दै घरमै बस्ने र स्वास्थ्यको ध्यान दिने नै मुख्य विषय भएको उल्लेख गर्नुभयो ।

Advertise with us