सेनाको हेलिकप्टर सुरक्षाकर्मी लिएर दार्चुला पुग्यो

काठमाडौं, वैशाख ३१ । नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी र बन्दोबस्तीका सामान लिएर दार्चुलाको छाङरु उडेको छ।

बुधवार बिहान ७ बजे गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा।डा। इन्द्रजीत राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली दार्चुला गएको छ। छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र बिओपी स्थापना गर्न टोली दार्चुला गएको हो।

Buddha International Hospital
Advertise with us

Advertise with us