जोखिम बढ्दै, लकडाउन खुकुलो बन्दै

नवीन अभिलाषी
दाङ, वैशाख ३१ । नेपालमा कोरोना संक्रमितको संख्या मंगलबार अपरान्हसम्म १९१ पुग्यो । मन्त्रालयका अनुसार दाङको सिमाना जोडिएको कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिए । कुल संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन् ।

लामो समय कोरोना मुक्त प्रदेश नं. पाँच अहिले पहिलो स्थानमा छ । झन दाङसँग जोडिएका कपिलबस्तु र बाँकेमा कोरोना संक्रमितहरु थपिने क्रम रोकिएको छैन । नेपाल भारतसिमा क्षेत्रको दाङसँग जोडिएको नाकाहरुमा अहिले तीन हजार भन्दा बढि नेपालीहरु भारत प्रवेश गर्न तयारी अवस्थामा रहेको पालिकाहरु नै बताउछन् । त्यति मात्र हैन विस्वस्त स्रोतका अनुसार भारतबाट लुकिछिपी जिल्लामा प्रदेश गर्ने नेपालीहरुको खोजविन र क्वारेन्टाईनमा राख्ने कार्यक्रम जिल्लामा छैन ।

Blog Post Ad

यस्तो अवस्थामा दाङमा लकडाउनलाई खुकुलो बनाईएको छ । मंगलबार घोराहीका केहि पसलहरु खुलेका छन् । होटलहरु सञ्चालमा आएका छन् भने चौक चौकमा डोकोमा ब्यापार गर्नेहरु ह्वात्तै बढेका छन् । सवारीका साधनहरु पनि निर्वाध रुपमा सञ्चालनमा आएको देख्न सकियो । सिमानामा जोखिम बढ्दा दाङमा भिडका भिड मानिसहरु खुल्लम् खुल्ला हिडेका छन् ।

Blog Post Ad

मास्क, चस्मा, पञ्जा, ह्याण्ड स्यानिटाइजर, सामाजिक दुरीको नियम धेरै परको विषय हो, संक्रमणको अवस्थामा यसरी थाहै नपाइ लकडाउन खुकुलो बनाइएको प्रति जिल्लाका केहि जानकारहरु असन्तुष्ट छन् । जतिबेला प्रदेशमै कोरोना संक्रमण थिएन त्यो समयमा कडाई भएको दाङको लकडाउन अहिले बाँके र कपिलबस्तुमा धमाधम कोरोना संक्रमित भेटिएको बेला खुकुलो गरिएको छ ।

यस्तै चैत्र ५ गते अमेरिकाबाट दुवै हुँदै दाङ आएका घोराही उपमहानगरपालिका १० नारायणपुरका एक ब्यक्तिको परिक्षण रिपोर्ट आधिकारीक रुपमा सार्वजनिक नहुँदा सर्वसाधारणहरु झन त्रसित बनेका छन् । चार दिन अगाडी सुरु गरिएको परिक्षण प्रतिष्ठानले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन । प्रतिष्ठानमा सम्पर्क राख्दा रिपोर्ट अझै नआएको बताउछ ।

खुले सरकारी कार्यालयहरु
दाङमा सरकारी कार्यालय आइतबारदेखि खुलेका छन् । सरकारले लकडाउनको घोषणा गरेसंगै बन्द रहेका सरकारी कार्यालय पछिल्लो समय खुलेपनि सेवाग्राहीको चाप अत्यन्त न्युन देखिएको छ । लकडाउन खुकुलो भएसंगै विकास निर्माणको कामलाई सहज बनाउन कार्यालय संचालनमा आएको विभिन्न सरकारी कार्यालयले जनाएका छन् ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहका कार्यालयमा कर्मचारीको उपस्थिति भएपनि सेवाग्राही भने लकडाउनकै बिचमा पुग्न सकेका छैनन् । सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालयमा अहिले कर्मचारीमात्रै कार्यालयमा देखिने गरेका छन् । कार्यालय संचालनमा आएपनि सेवाग्राहीका कामहरु नगरेको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नेरशकुमार खड्काले बताउनुभयो ।

मालपोत कार्यालयमा अहिले पनि केहि कर्मचारी लकडाउनकै कारण आउन नसकेको उहाँले बताउनुभयो । घोराहीको विद्युत प्राधिकरण, कृषि ज्ञान केन्द्र, उपमहानगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरु, खानेपानी कार्यालय लगाएतका प्राय कार्यालयहरुले आँशिक रुपमा सेवा दिन सुरु गरेका छन् ।

विकासको कामलाई गतिदिने उदेश्यले जिल्ला प्रशासन कार्यालयले खुकुलो बनाएपछि यातायातका साधनहरु समेत सञ्चालनमा छन् । नदिजन्य बस्तुहरु ढुवानी गर्ने टिप्परहरु देखि सर्वसाधारण ओसार्ने अटो रिक्साहरु पनि मंगलबार सञ्चालन भए । विकास निर्माणका कामका लागि भएपनि कार्यालय खुल्दा सहज भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताउनुभयो । ‘पुल तथा सडक निर्माणको काम शुरु भएका कारण पनि हामीले प्रदान गर्ने सेवा प्रदान गरिरहेका छौ ।’ उहाँले भन्नुभयो ‘काम पर्ने सेवाग्राही आउनुहुन्छ, तर सबै सेवाग्राही आउन सकिरहेका छैनन् ।’

कार्यालय दाङ र सल्यानमा ६ वटा पुल र केहि सडक आयोजनाको पनि काम भइरहेकाले कार्यालयबाट सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । यस्तै खानेपानीका आयोजनाहरु पनि सञ्चालन भएकाले आफुहरुले सेवा प्रदान गरिरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्राविधिक गजेन्द्र बहकरीले बताउनुभयो । कार्यालयमा आउने सेवाग्राहीसंग भौतिक दुरी कायम राखेरमात्रै सेवा प्रदान गरेको बताउनुभयो ।

अहिले विद्युत कार्यालयमा पनि सेवाग्राहीको संख्या अत्यन्त न्युन रहेको विद्युत प्राधिकरण घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । अहिले मिटर रिडिङको काम रोकिएको बताउँदै जेठको पहिलो सातादेखि नै मिटर रिडिङको काम शुरु गर्ने बताउनु्भयो । तुलसीपुरमा पनि विकास प्राधिकरण अन्तर्गत विकास निर्माणका काम शुरु भएका कारण आफुहरुले त्यससंग सम्बन्धित कामहरुमा बढी केन्द्रीत भएको तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *