दाङमा लकडाउन : पास विनै हुइकिन्छन् सवारी साधन

दाङ, ३० बैशाख । दाङमा लकडाउन निकै खुकुलो देखिएको छ । सरकारी कार्यालय, वित्तिय संस्था, उद्योग कलकारखाना खोल्ने सरकारको निर्णय सँगै दाङका बजारमा लकडाउन निकै खुकुलो देखिएको हो ।

Buddha International Hospital

स्थानिय, प्रदेश र केन्द्र सरकारका पूर्वाधार विकासका आयोजनाहरु सञ्चालन गर्ने निर्णय सँगै दाङमा निर्माण कार्यमा प्रयोग हुने गाडिहरु बाक्लो मात्रामा चलेका छन् भने खाद्यान्न र तरकारीका गाडीहरु पनि चलिरहेका छन् ।

Advertise with us

जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरुले दिने पास विना अन्यलाई सवारीका साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय भए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन् । अहिले दाङका बजारहरुमा पास विनै सैयौ सवारीका साधनहरु चलिरहेका छन् ।

विहान पख तरकारी र खाद्यान्नका पसलहरु खुल्दा भौतिक दुरी कायम गर्न प्रहरी बजारमा देखिए पनि दिउँसोमा भने प्रहरीको सकृयता देखिदैन । त्यसैगरी, बैंकहरुमा पनि सेवाग्राहीको निकै चाप बढ्दै गएको छ ।

लकडाउन सुरु भएको ५० दिन वित्दै गर्दा घर भित्रै रहेका नागरिकहरु दिन प्रतिदिन बाहिरी निस्कने क्रम बढ्दो छ । उता तुलसीपुरमा गैरखाद्य पसलहरु खोलेको भन्दै आज प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको छ ।

तर लकडाउन खुकुलो भएको बिषयमा प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल भने काममा केही सहजता ल्याएको तर लकडाउनमा खुकुलो नभएको बताउनुभयो ।

Advertise with us