दाङमा थप १६२ जनाको स्वाब परिक्षण : सबैको रिपोर्ट नेगेटिभ

घोराही, ३० बैशाख । दाङमा कोरोना भए नभएको जाँच गरिएका एक सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र रोल्पा अस्पतालबाट संकलन भएका एक सय ६२ जनाको स्वाब राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा परिक्षण गरिएको थियो ।

Buddha International Hospital

यसैगरी अमेरीकाबाट आएका नारायणपुर घर भएका ५५ बर्षिय एक पुरुषको पनि स्वाब परिक्षणमा नेगेटिभ आएको अस्पतालका कायम मुकायम रजिष्टार कैलाश प्रसाद देबले जानकारी दिनुभएको छ । कोरोना संक्रमणको आशंकामा उनको स्वाब केही दिन पहिले संकलन गरिएको थियो ।

Advertise with us

यसैबिच कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेको भन्दै प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्चितकालका लागि सिल गरेको छ ।

कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समिति बैठकले नयाँ निर्णय गर्दै आवत-जावत बन्द गरेको हो । हिजो एकैदिन कपिलवस्तुमा १० जना कोरोना संक्रमित फेला परेका थिए ।

Advertise with us