भरुवा बन्दुक सहित एकजना पक्राउ

रुकुम (पूर्व), ३० वैशाख । भरुवा बन्दुक सहित एकजना सोमबार दिउसो पक्राउ परेका छन् । भूमे गाउँपालिका चायाँचुङबाट सोही ठाउँस्थित पेदीका आसु पुनलाई भरुवा बन्दुक १ थान, बारुद ५ सय ग्राम र छर्रा सहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उक्त लोड भएको भरुवा बन्दुक बोकी जंगलतर्फ जाँदै गर्दा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको जनाएको छ ।

Buddha International Hospital
Advertise with us

Advertise with us