दाङमा बिरोध प्रदर्शन : भारतले बनाएको बाटो प्रति जनमोर्चाको चासो

Advertise with us
टेकबहादुर पुन
दाङ, वैशाख ३० । भारतले चिनको मानसरोबर जोड्ने बाटो निर्माण गरिएको प्रति राष्ट्रिय जनमोर्चा दाङले मँगलबार घोराहीमा बिरोध प्रदर्शन गरेको छ । नेपाल सरकार संग कुनै किसिमको सहमती नगरी भारत सरकारले नेपाली भुमी हुँदै चिनको मानसरोवर जोड्ने बाटो निर्माण गरि उद्घाटन गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाइमा कुटनैतिक पहल र बार्ता मार्फत आफ्नो भुमीको रक्षा गर्नुपर्ने धारणा राखे । नेपालको सिमा काली नदि भएको र त्यसयता नेपाल संग सरोकारै नगरी भारतले बाटो निर्माण गरेर उसले नेपालको राष्ट्रियता र स्वाधिनता माथी धाबा बोलेको हुदा सम्पुर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नु पर्ने कुरामा जोड दिए ।
प्रहरीको अबरोधका बिचमा सम्पन्न कार्यक्रममा रोगको संक्रमण हुन सक्ने जटिल अबस्थामा पनि सडकमा आएर बोल्ने रहर नभएर देशको मायाले बाध्य बनाएको स्पष्ट पारे । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी थारु र नेकपा माले दाङका सचीव नेत्र प्रकाश पाण्डे लगायतले बोलेका थिए ।कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गरेका हुन् ।

 

Buddha International Hospital
Advertise with us