क्वारेनटाईनमा बसेकालाई जडिबुटिजन्य औषधी वितरण

तुलसीपुर ३० बैशाख । तुलसीपुर उपमहानगरपलिकाले रक्षाचौरमा स्थापना गरेको क्वारेनटाईनमा बसेकालाई जडिबुटीजन्य औषधि वितरण गरिएको छ । क्वारेन्टाइनमा बसेका १८ जनालाई मंगलबार जडिबुटिजन्य औषधि वितरण गरिएको हो ।

राप्ती आयुर्वेद चिकित्सालय दोघरेले गुरुजजुर मावि रक्षाचौरमा रहेका १८ जना लाई जडिबुटिजन्य औषधि वितरण गरेको चिकित्सालयका प्रमुख डा. मदनकुमार बिसिले जानकारी दिए । कोरोनाको आशंकामा रहेका उनिहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडिबुटीजन्य औषधि वितरण गरिएको उनले बताए ।

Buddha International Hospital

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कोरोना नियन्त्रण एवं रोकथाम सम्बन्धि निर्देशिका बमोजिम क्वारेन्टाइनमा बसेकाहरुलाई औषधि वितरण गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।

Advertise with us

जडिबुटीको प्रयोगबाट रोगप्रति प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, योग, प्राणायाम, ध्यान सम्बन्धि प्रशिक्षण र प्रयोगात्मक कक्षा संञ्चालन गरिएको उनले बताए ।

साथै राप्ती आयुर्बेद चिकित्सालय दोघरेले कोरोना संक्रमणबाट बच्न जनचेतना मुलक पर्चा पम्पलेटहरु वितरण गरेको छ । रोगसंग लड्ने क्षमता बढाउन गुड्ची चुर्ण लगायतका औषधि वितरण गरिएको बिसिले बताए ।

Advertise with us