महाेत्सवमा निशुल्क पास

 

देउखुरी, १० माघ | दाङको लमहीमा जारी महाेत्सवमा निशुल्क पास कार्ड वितरण गरिएको छ । माघ चार गते देखि सञ्चालनमा अाएकाे महाेत्सवमा अावत जावत र विभिन्न खेल खेल्नका निम्ति निशुल्क पास कार्ड वितरण गरेको खुल्न अाएकाे छ ।

Buddha International Hospital

Advertise with us

हामीले प्रति स्टललाई स्टल पास कार्ड दुईवटाका दरले वितरण गरेकाे कालिका अल नेपाल फेएर एकजिबेसन प्रालिले जानकारी दिएको छ । महाेत्सवमा व्यक्ति हेरि जथाभावी निशुल्क पास कार्ड वितरण गरेकाे खुल्न अाएकाे छ । महाेत्सवमा अाफ्ना मान्छे र चिनजान भएका स्थानियहरू लाई जथाभावी महाेत्सवमा अावतजावतका लागि निशुल्क पास कार्ड वितरण गरिएको छ ।

महाेत्सवमा ६० प्रतिशत दर्शकहरूले टिकट काटि महाेत्सव अवलोकन गर्छन् भने ४० प्रतिशतले निशुल्क पास कार्डद्वारा महाेत्सव निशुल्क अवलोकन गरेको खुल्न अाएकाे छ ।

यस्तै स्थानिय व्यापारी शेरसिङ्ग खट्काले भन्नु हुन्छ , जुन उदेश्यले महाेत्सवका अायाेजना गरिएको हाे, त्याे उदेश्य पूरा नहुने बताउनुभयो । अाज यसरी महाेत्सव घाटामा जान्छ, याे निशुल्क पास कार्ड तुरुन्त बन्द गर्न अावश्य रहेको खट्कालेबताए ।।