तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा राहत हस्तान्तरण

दाङ, वैशाख ३० । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड घोराही शाखाले घोराही उपमहानगरपालिका वडा नं. १५ को कार्यालयलाई राहत हस्तान्तरण गरेको छ । लकडाउनको समयमा छाक बसेका सर्वसाधारणहरुलाई वितरण गर्ने गरी राहत वितरण गरेको बैंकले बताएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ का सदस्य सनतकुमार श्रेष्ठलाई शाखा प्रबन्धक चेतन पराजुली, कर्जा शाखाका सुभाष ज्ञवाली र उमेश चौधरीले राहत हस्तान्तरण गर्नुभयो ।

Buddha International Hospital
Advertise with us

Advertise with us