जेष्ठ नागरिकको सेवा र सम्मान

Advertise with us

दिवाकर पोख्रेल

Buddha International Hospital

दाङ, माघ । दाङ देउखुरीका स्थानीय तहले आफ्नो निती तथा कार्यक्रममै समावेश गरि जेष्ठ नागरिकलाई सम्मान गर्दै आइरहेका छन् । देउखुरीका जेष्ठ नागरिकलाई जाडो मौसममा न्यानो कपडा बितरण शुरु गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई आगामी योजनामा जेष्ठ नागरिक मैत्री बनाउन निशुल्क स्वास्थ्य सेवा, यातायात सेवामा निशुल्क गराउने लगायतका कार्यक्रम स्थानीय तहले ल्याएका छन् ।

Advertise with us

स्थानीय सरकारको जेष्ठ नागरिक मैत्री कार्यक्रम देख्दा जेष्ठ नागरिक पनि खुसी छन्, ‘अहिले जनप्रतिनिधीले हाम्रो लागि पनि काम गर्न थालेका रहेछन्’ राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी ८४ बर्षिय बालाराम पुन मगरले भन्नुभयो ।

सोही ठाउँकी ८१ बर्षिय विरवहादुर कामीले स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमले आफूहरुमा थप हौसला पलाएको बताउनुभयो । ‘डुव्ने बेलाका घाम भैसक्यौँ, हाम्रो सल्लाह अनुभव पनि दिन्छौ हाम्रो गाउँ ठाउँ राम्रो भयो भने सन्तानले सुख पाउलाल भन्ने लाग्छ’ कामीले भन्नुभयो ।

यसो त लमही नगरपालिका वडा नम्बर ७ की जकुनी चौधरीले वडा कार्यालयले प्रदान गरेको कम्मल पाएपछि खुसी हुँदै सामाजिक सुरक्षापछि व्यक्तिगत रुपमा अर्को सेवाको रुपमा कम्मल पाएको बताउनुभयो । ‘जाडोमा कम्मल पाएका छौँ, त्यो भन्दा ठूलो टिका माला लगाएर सम्मान दिएका छन, खुसी लागेको छ ।’ चौधरीले भन्नुभयो ।

राजपुर गाउँपालिका वडा नम्बर ६ ले वडा क्षेत्रका १५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ, त्यसैगरी लमही नगरपालिका वडा नम्बर ४ र ७ ले पनि औपचारिक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा वितरण गरेका छन् ।

‘वडा स्तरमा थोरै बजेटभएपनि नमुना क्षेत्रमा लगानी गर्ने गरेका छौँ, १५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयलले सम्मान गर्दा घरमा पनि जेष्ठ नागरिकले उत्तिकै सम्मान पाउने वडा अध्यक्ष श्यामवहादुर रोकाले बताउनुभयो । गाउँपालिका अध्यक्ष लोकराज केसीले आगामी बर्ष देखि गाउँपालिका स्तरबाट बृहत रुपमा जेष्ठ नागरिकको लागि कार्यक्रम ल्याउने बताउनुभयो ।

‘जेष्ठ नागरिक हाम्रो अभिभावक हुनुहुन्छ, स्थानीय सरकारले सधै उहाँहरुलाई सम्मान गर्छ’ केसीले भन्नुभयो । साथै अन्य स्थानीय तहले समेत जेष्ठ नागरिक मैत्री सेवा लागु गदै आइरहेका छन् । लमही नगरपालिकाले नगर क्षेत्रका जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा निशुल्क व्यवस्था गर्दे आइरहेको लमही नगर प्रमुख कुलवहादुर केसीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाले ८० वर्ष भन्दामाथि उमेर समूहका ब्यक्तिलाई घरघरमै उपचारको व्यवस्था मिलाएको छ । उपमहानगरपालिकाले ८० वर्ष उमेर समूहका ब्यक्तिहरुको खोजी गरेर घरमै पुगि स्वास्थ्य जाँच, औषधी उपचारको समेत व्यवस्था मिलाएको मेयर नरुलाल चौधरीले बताउनुभयो ।