जेसिजद्वारा लागुपदार्थ विरुद्ध सचेतना कार्यक्रम

घोराही, माघ ९ । दाङ महिला जेसिजले लागुपदार्थ दुव्र्यसनी सचेतना सम्बन्धी कार्यक्रम गरेको छ । घोराही १५ मा रहेको दिपशिखा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम भएको हो ।

Buddha International Hospital

Advertise with us

युवापुस्तालाई लागुऔषधदेखि बच्न र बचाउनका लागि जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको दाङ महिला जेसिजकी पुर्व अध्यक्ष जेसी बिन्दु कुँवरले बताउनुभयो । उहाले बालबालिकाहरुलाई कुलतबाट बच्चाउनको लागि अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक जिप्रका दाङका प्रहरी निरीक्षक शैलेन्द्र कुमार भट्ट र सहायक प्रशिक्षक दाङ महिला जेसिजकी पुर्वअध्यक्ष जेसी बिन्दु कुँवर रहनु भएको थियो । कार्यक्रममा दिपशिखा क्याम्पसका प्रधानाध्यापक रोमन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने दाङ महिला जेसिजकी उपाध्यक्ष जेसी जुनुकुमारी बुढाको अगुवाइमा आस्था पाठ गरिएको थियो ।

दाङ महिला जेसिजकी अध्यक्ष जेसी रेखा शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण दाङ महिला जेसिजकी महासचिव जेसी अनिता ढकालले गर्नु भएको थियो । कार्यक्रममा दाङ महिला जेसिजकी पुर्वअध्यक्ष जेसी सन्जिता गौतम र त्रिभुवन नगरजेसिजका अध्यक्ष बसन्तराज अधिकारीका साथै ४५ जना विद्यार्थीहरुको सह्भागिता रहेको थियो ।