पोल्ट्री महोत्सवको तयारी तिव्र, कृषि तथा पशुपंन्छी विकास मन्त्री खनालले उद्घाटन गर्ने

दाङ, माघ । दाङमा घोराहीमा पहिलो पटक सञ्चालन हुन लागेको ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी– २०७५ को उद्घाटन संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले गर्नुहुने भएको छ ।

Buddha International Hospital

Advertise with us

माघ १० गतेदेखि शुरु हुने महोत्सवको उद्घाटनका लागि मन्त्री खनाल ९ गते साँझ नै दाङ आइपुग्ने महोत्सव मूल आयोजक संस्था सुरक्षित कुखुुरा तथा दाना व्यवसायी समिति घोराही दाङका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । ‘महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि मूल आयोजकको तर्फबाट तयारीलाई तीब्र पारिएको छ’, उहाले भन्नुभयो, ‘महोत्सव उद्घाटनका लागि कृषि मन्त्री आउने पक्का भएको छ ।’

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुुरा तथा दाना व्यवसायी समिति घोराहीको मूल आयोजनामा हुने महोत्सवको तयारीको काम पनि तीब्र रुपमा भइरहेको छ । बाल उद्यानको काम धेरै भइसकेको छ, भने महोत्सव स्थल कृषि सामाग्री कम्पनीको प्राङगणमा स्टल निर्माण, सचिवालय निर्माण, संस्कृतिक कार्यक्रमका लागि स्टेज र महोत्सवको मूलद्धारा बनाउने लगायतका कामलाई तीब्र पारिएको छ ।

त्यस्तै महोत्सव सफल पार्नका लागि गठिन विभिन्न उपसमितिहरुले पनि आ–आफ्नो जिम्मेवारीका साथ काम गरिरहेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । उहाका अनुसार ९ गते साँझसम्म करीव करीव सम्पूर्ण तयारी भइसक्ने छ । महोत्सवकै तयारी स्वरुप मंगलवार महोत्सव सफल पार्न गठिन सुरक्षा उपसमिति र जिल्लाका सुरक्षाकर्मीहरुबीच छलफल भएको छ ।

छलफलमा महोत्सव अवधिभर त्यहाँको सुरक्षा व्यवस्थालाई व्यवस्थित र चुस्तदुरुस्त पार्ने सहमति भएको छ । जसका लागि महोत्सव सुरक्षा उपसमिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सहकार्य र समन्वय गरेर जाने सुरक्षा व्यवस्था एवं स्वयमसेवक परिचालन उपसमितिका संयोजक समिर केसीले जानकारी दिनुभयो । छलफल महोत्सव मूल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरु माघ १० गतेदेखि २० गतेसम्म घोराहीमा सञ्चालन हुने महोत्स महोत्सवमा पोल्ट्रीजन्य सामग्रीका ८० देखि १ सय स्टल रहने छन् । महोत्सवमा बाल उद्यान, केन्द्रीय तथा स्थानीय कलाकारहरुको वेजोड संस्कृतिक प्रस्तुती रहने छ । महोत्सव अवधिभर करीव २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र करिव २ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

Advertise with us