चोरी गर्ने गिरोह पक्राउ

दाङ, माघ ८ । दाङको तुलसीपुर क्षेत्रमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बजारक्षेत्र तथा आसपासमा बिभिन्न चोरी गर्ने गिरोहलाई मंगलबार ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले चोरीमा संलग्न पाँच जना पक्राउ गरेको हो ।

Buddha International Hospital

Advertise with us

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नंं.७ बका २० बर्षीय कृष्ण चौधरी, तिलक चौधरी, सचिन चौधरी, गुरु प्रसाद चौधरी र बर्ष १५ को एकजना नावालक रहेका छन् । कृष्ण र सचिनलाई यस अघि नै चोरी सम्बन्धि मुद्दा समेत दर्ता भईसकेको थियो । उनीहरुको साथबाट बिभिन्न सुन, चाँदीका गरगहना, नगद , बिभिन्न कम्पनीका मोवाईल, क्यामरा,मोटरसाईकल लगायतका सामाग्रीहरु बरामद गरिएको छ ।

पटक पटक तुलसीपुर क्षेत्रमा चोरी भएको भन्ने उजुरीका आधारमा छानबिन गर्दा उनीहरु संलग्न भएको पाईएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । यस बिषयमा थप अनुसन्धान भईरहेको उहाको भनाई छ । यसैविच तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ७ तमाखे निवासी ४० बर्षीय छविलाल भण्डारीको रा ५ प ५३६७ नं.मोटरसाईकल पार्किङ्ग गरी राखेको अवस्थामा तुलसीपुर, ७ खर्चवा निवासी २० बर्षीय २० तिलक चौधरीले मोटरसाईकल चोरी गरेर नम्बर परिवर्तन गरी चलाई रहेको अवस्थामा फेला पारेको थियोे ।