जलाशयमा नपस्न उपमहानगरको आग्रह

दाङ, माघ ८ । घोराही उपमहानगरपालिकाको वातावरण बिपद व्यवस्थापन समितिले नगर क्षेत्रमा रहेका जलाशयहरुमा नपस्न सबैलाई सचेत गराएको छ । पानीको स्रोत बढाउन र सिचाईका लागि निर्माण गरिएका जलाशयहरु जोखिमपूर्ण रहेको भन्दै त्यहाँ नपस्न सबैलाई सचेत गराएको हो ।

Buddha International Hospital

Advertise with us

समितिको बैठकले कृत्रिम जलाशयहरुमा नुहाउन, पौडिखेल्न, कपडा धुन अन्य कुनै पनि प्रकारका कार्यहरु गर्न असुरक्षित रहेको भन्दै सबैलाई सचेत गराउने निर्णय गरेको हो । साथै सबै जलाशयहरुमा प्रबेश निधेषका वोर्डहरु राख्ने क्रम जारी रहेको र सञ्चार माध्यमहरुबाट पनि सूचना प्रबाह भैरहेको समेत जानकारी गराएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको उपस्थितीमा बसेको बैठकले घोराही मेनरोडको बिचमा आगामी बर्षायाममा फुल तथा बिरुवाहरु रोप्नका लागि आबस्यक तयारी थाल्ने समेत निर्णय गरेको छ ।

साथै वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिहरु गठन यथाशिघ्र गर्ने र नगर स्तरीय समिति पनि छिटै गठन गर्ने निर्णय भएको शाखा प्रमुख दुर्गा खत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी, फोहोर संकलनका लागि आबस्यक औजारहरुको खरीद र शूल्क नबुझाउने पसल तथा व्यक्तिहरुको फोहोर सकंलनका लागि सम्बन्धीत निकायलाई पत्राचार गर्ने निर्णय पनि भएको छ । साथै सरसफाईमा उत्कृष्ठ टोललाई पुरस्कृत गर्नका लागि सूचना जारी गर्ने पनि निर्णय भएको शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।।