मेयरकपमा १५ बिजयी , टिम क्याप्टेन कुँवर म्यान अफ द म्याच

Advertise with us

घोराही ८ माघ | घोराहीमा भईरहेको मेयरकप फुटबल खेलमा आज बिहान  विहान भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १२ लाई २ को विरुद्ध ३ गोलले वडा नम्बर १५ विजयी भएको छ ।लगातार दुई गोल हान्दै तथा उच्च प्रदर्शन देखाउदै खेलमा वडा नम्बर १५ का खेलाडी तथा टिम क्याप्टेन गोपाल कुँवर म्यान अफ द म्याच भएका छन ।

Buddha International Hospital

Advertise with us

कुँवरले एकथान भेष्ट एक्सटेप ब्रान्डको पुरस्कार प्राप्त गरेका छन् । उक्त खेलमा जर्सी न ५ का टिम क्याप्टेन गोपाल कवरले दुई गोल गरेका थिए भने जर्सी न १५ का लेमन सागर डिसीले एक गोल गरेका थिए |

एम्बुलेंस सेवा दिपज्योति हस्पिटल घोराही दाङले सहयोग गरेको थियो भने खेलमा खिलाडीहरुको लागी प्राथमिक उपचार डा. सुवर्ण बुढाको टिमले गरेको थियो । त्यसैगरि आज दिउसो हुने खेलमा वडा न ३ र १७ नम्बर वडा बिच प्रतिस्पर्धा हुने भएको छ |