‘ दी ब्रेकअप’को ट्रेलर रिलिज

दाङ, माघ ७ । चलचित्र ‘ दी ब्रेकअप’को ट्रेलर रिलिज भएको छ । चलचित्र निर्माण युनिटले सोमबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरेको हो । हेमराज विसी निर्देशित चलचित्र ‘दी ब्रेक अप’ रुपक थापा, दीपक खतिवडा, रेणु राणा र हेमराज विसीले निर्माण गरेका हुन् ।

विसी मोशन पिक्चर र ह्याप्पी प्लानेट फिल्मस् को ब्यानरमा चलचित्र निर्माण भएको हो । ६० प्रतिशत अष्ट्रेलियामा सुटिङ भएको भनिएको यस चलचित्र आगामी फाल्गुन १७ गते प्रदर्शनमा आउँदैछ । चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतका अभिनय गरेका छन् । होस्टेल, जेरी, गाजलु जस्ता हिट चलचित्र दिएका निर्देशक विसीले यस चलचित्रबाट धेरै आशा गरेको बताएका छन् ।

यसअघिका चलचित्रमा अनमोल केसीलाई आफ्नो हिरो बनाएका निर्देशक विसीले यस चलचित्रमा भने अनमोलकै चलचित्र ‘क्याप्टेन’सँग एकैदिन रिलिज मिति तय गरेका कारण यसलाई कतिपयले अनमोलसँग भिडाइएको समेत भनेका छन् । निर्देशक विसीले प्राविधिक समस्याका कारण यसअघि भनिएको समयमा रिलिज गर्न नसकिएपनि अहिले यसबीचमा धेरै बिदा भएको र दुइवटा फिल्म चल्नेसक्ने देखेर उक्त मिति तोकिएको बताउनुभयो ।

‘क्याप्टेनसँग भिडाइएको रूपमा यसलाई नबुझियोस् । अनमोल मेरो एकदमै राम्रो छ, हामी बीचमा कुनैपनि समस्या छैन’, उहाले भन्नुभयो, ‘म कसैसँग जुध्न गएको होइन त्यो समयमा राम्रो चल्न सक्ने समय देखेँ, यसबीचमा बिदाहरू परेको छ त्यसकारण यही मिति रोजेको हो ।’

https://m.facebook.com/story.php?story_fbid=2116906341736749&id=100002522112420