क्रसर उद्योग मापदण्ड विपरित संचालन ः जनमोर्चा गडवा


घोराही, ७ माघ । राष्ट्रिय जनमोर्चा गढवा दाङले गढवामा संचालित क्रसर उद्योगले मापदण्ड बिपरित चुुरे क्षेत्रको उत्खनन् गरिरहेको जनाएको छ । राष्ट्रिय जनमोर्चा गढवाले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरि मापदण्ड बिपरित सञ्चालनमा आएका क्रसर उद्योगलाई तत्काल अनुुगमन गरेर नियमन गर्न आग्रह समेत गरेको छ ।


गढवा गाँउपालिका क्षेत्रमा संचालित १५ वटा उद्योगले प्रदेश नम्बर पाँचको नदिजन्य पदार्थमा उद्योगको अनुुसुुची ४ को दफा १९ को १ अनुुसार सञ्चालन नभएको जनमोर्चा गढवाका अध्यक्ष कपिलदेब खनालले दावी गरे ।

Blog Post Ad


क्रसर उद्योग खोला तथा नदिजन्य पदार्थ उत्खनन् गर्ने स्थान भन्दा तराई क्षेत्रमा ५ सय मिटर टढा हुुनुुपर्ने भए पनि गाँउपालिकामा सञ्चालित १५ वटा उद्योग मापदण्ड बिपरित भएको र उत्खनन् पनि मापदण्ड बिपरित गर्ने गरेकोे जनमोर्चाको दावी छ ।

Blog Post Ad

जनमोर्चाले खोला तथा नदिजन्य पदार्थको निकासीमा स्थानिय सरकार र प्रहरी प्रशासनले अनुुगमनलाई प्रभाबकारी बनाउन माग समेत गरेको छ । साथै क्रसर उद्योगका टिप्परहरुका कारण धुुलो अत्याधिक भएको भन्दै नियन्त्रणका लागि पानीको व्यबस्था गरिदिन पनि अध्यक्ष खनालले आग्रह गरे ।

वातावरणीय प्रभाव पर्ने र मापदण्ड विपरित गिट्टी, बालुुवा उत्खनन् गर्ने क्रसर उद्योगलाई नियमन गर्न सम्बन्धित निकायले मौनता देखाएको समेत जनमोर्चाले आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *