घोराही मेयर कपमा १४ र १८ बिजयी

Advertise with us

घोराही, ७ माघ | घोराहीमा जारी दोस्रो घोराही मेयर कप रनिङ फुटवल प्रतियोगीताको आज चौथो दिन पनि दुई वटा प्रतिष्पर्धा भएका छन् । माघ ४ गतेदेखि सुरु भएको प्रतियोगीतामा आज वडा नम्बर १४ र १८ बिजयी भएका छन् ।

Buddha International Hospital

Advertise with us

चौथो दिन आज भएको पहिलो प्रतिष्पर्धामा वडा नम्बर ५ लाई पछि पार्दै वडा नम्बर १४ बिजयी भएको छ । भरतपुर खेल मैदानमा भएको प्रतिष्पर्धामा वडा नम्बर १४ ले वडा नम्बर ५ लाई २—१ गोल अन्तरले बिजयी भएको हो ।

वडा नम्बर १४ का तर्फबाट सुबर्ण बुढा र सागर चौधरीले एक÷एक गोल गरेका थिए । यस्तै वडा नम्बर ५ का तर्फबाट पुर्ण नेपालीले एक गोल गरेका थिए । बुढाले खेलको पहिलो चरणमै पेलान्टी मार्फत् एक गोल गरेका थिए भने सागर चौधरीले दोश्रो चरणको मध्यभागबाट गोल गरेका थिए ।

वडा नम्बर ५ का अबिनाश थापाले दोश्रो चरणको पहिलो समयमै गरेका थिए । उक्त खेलमा म्यान अफ द म्याच वडा नम्बर ५ का अबिनाश थापा हुनुभएको थियो । यस्तै आज भएको दोस्रो खेलमा वडा नम्बर १८ बिजयी भएको हो ।

वडा नम्बर १८ ले वडा नम्बर ९ ले ७—१ गोल अन्तरले बिजयी भएको हो । दोस्रो खेलमा वडा नम्बर १८ का राजकुमार रोका म्यान अफ द म्याच घोषित भएका थिए । यस्तै भोली बिहान वडा नम्बर १२ र वडा नम्बर १५ बीच र दिउसो वडा नम्बर वडा नम्बर ३ र १७ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।