तमासा हेर्नेहरु ठूला कुरा गर्दैछन्

सविन प्रियासन

विश्व यतिबेला कोरोना संक्रमणबाट ग्रस्त छ । कोरोनाले मै हुँ भन्ने अच्छाअच्छा देशहरुलाई समेत उठ्नै नसक्ने अवस्थामा पु¥याई दिएको छ । विश्वमै सबै भन्दा उत्तम स्वास्थ्य अवस्था भएका देशहरु समेत यतिबेला कोरोनाका कारण हजारौ हजार लासहरुको थुप्रोमा गाँजिएका छन् । कोरोनाबाट बच्न सबै शक्ति लगाएर अगाडी बढेको अमेरिले समेत हार खाएर लकडाउन घोषणा गरेर कोरोनाबाट बच्ने प्रयास गरिरहेको छ ।

चीनबाट सुरु भएको कोरोना संक्रमणले विश्वका सबै जसो देशमा बितण्डा मच्चाएको छ । नेपाल पनि कोरोना संक्रमणबाट ग्रस्त छ । कोरोनाको संक्रमणबाट मुलुकलाई बचाउनका लागि केपी शर्मा ओलीको नेतृत्वको सरकारले विगत चैत्र ११ देखि लकडाउनको अवधारणा अगाडी सारेको छ । नेपाल अल्प विकसित मुलुक हो । यहाँको स्वास्थ्य अवस्था दयनीय नै छ । यस मानेमा कोरोनाको औषधी समेत नबनेको र शक्तिशालि मुलुकहरुलाई समेत मात दिएको कोरोनाबाट बच्ने एउटै उपाए भनेकै लकडाउन हो । समयमा नै लकडाउन गरेका कारण नेपालमा कोरोना संक्रमणले लासको खेती गर्न पाएन ।

DG Mobile Dang

बिरामीको संख्या पनि न्यून रह्यौ । अमेरिकाले जस्तै हेलचक्र्याई गरेको भए आज नेपालमा लास राख्ने समेत ठाउँ हुने थिएन । घरमै लासैलासको ताँती हुने थियो । जसले जे भने पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने सवालमा केपी शर्मा ओलीको सरकार पूर्णरुपले सफल भएको छ । प्रदेश अनि स्थानीय सरकारहरुले पनि गाउँगाउँमा प्रभावकारी कार्ययोजनाहरु अगाडी सारेकाले अहिलेसम्म कोरोनाले नेपालमा भयावहरुप लिन पाएको छैन ।

कुनै पनि लिडरको पहिचान अफ्ठेरो अवस्थामा नै हुने गर्छ । कोरोनाकाल भनेको सम्भवत नेपालको इतिहासमा सबै भन्दा जटिल काल हो । यसबाट मुलुकलाई बचाउन सक्ने खुबी दुरदर्शी कुसल नेतामा नै हुन सक्छ । प्रम केपी शर्मा ओलीको कौसलता फितलो भएको भए सायद नेपालका अच्छाअच्छा मान्छेहरु आज कोरोनाका कारण मृतकको लिष्टमा हुने थिए । यतिबेला प्रम ओलीलाई लिएर सामाजिक सञ्जाल अनि केही सञ्चारमाध्यमहरुमा टिठ लाग्दा, भद्धा टिप्पणीहरु देख्न पाइन्छ । जेजसले खुराफाँतको पहाड चढेर केपी ओली अनि वर्तमान सरकारको खिल्ली उडाइरहेको छ, ती महासयहरु बास्तवमै भन्ने हो भने समाजलाई छियाछिया बनाउने धमिराहरु नै हुन् ।

संकटको महाभुमरीबाट मुलुक अगाडी बढि रहेको समयमा अनावश्यक टिप्पणी गरेर बस्नेहरु खुराफात गर्ने समय समस्यामा परेकाहरुको उद्धार, सहयोगमा लाग्ने हो भने नेपाली समाजलाई कोरोना कालबाट सजिलै उन्मुक्ति दिन सकिनेछ । अहिले पनि लकडाउनका कारण थुप्रै घरपरिवारहरु समस्यामा छन् । तर त्यस्ता घरपरिवारहरुको समस्यामा मल्हम बन्न नसक्ने कुलंगारहरु यतिबेला कोरोनाका कारण सबै खाले समस्याबाट समाजलाई पार लगाउन अग्रसर सरकार, जनप्रतिनिधी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, उद्धारमा लागेका संघसंस्थाहरुको खिल्ली उडान अग्रसर छन् ।

जतिपनि खुराफात गरेर खराफाती अवार्ड जित्न अग्रसर बनेका छन्, ती पानी मरुवाहरुलाई म सोध्न चाहन्छु, ‘छातीमा हात राखेर सोँच्नुहोस्, कोरोनाकालबाट समाजलाई मुक्त बनाउन तपाईले सिंका कहाँ, कतिबेला, कुन ठाउँमा भाँच्नु भएको छ ?’ छत, बार्दलिमा बसेर छिमेकीको रोदनमा ताली बजाइरहेका पानी मरुवाहरु, कमसेकम संकटको यो महाभुमरीबाट समाजलाई पार लगाउन सक्नु हुन्न भने घरमा चुपचाप बस्नुहोस्, काम गरिरहेकाहरुको मनोबल गिराउने कार्यमा लागेर भोलि कदमकदाचित कोरोनाले अमेरिकाकै जस्तो रुप लिन पुग्यो भने त्यतिबेला तपाईको खुराफातले तपाईलाई नै मृत्युसैयामा पु¥याउनेछ । काम गर्नेहरुको मनोवल गिर्दा त्यसले आफूलाई पनि ठूलो घाटा गर्छ भन्ने कुरा महासयहरु कसैले पनि नबिर्सनुहोस्् ।

यतिबेला खुराफातको खेती होइन, समस्यामा परेकाहरुको मल्हम बन्ने, काममा खटिएकाहरुको मनोबल बन्ने काम गर्नुहोस । राजनीति गर्ने, सत्तामा पुग्ने, पैसा कमाउने दिन फेरि पनि आउन सक्छ । तर समाजमा लासको खेती हुने अवस्था सिर्जना भयो भने तपाईको खुराफातले तपाईलाई भोलि उठ्नै नसक्ने अवस्थामा पु¥याउनेछ । विकास र समृद्धिको सवालमा चमत्कारीपूर्ण कार्य गरेको वर्तमान सरकारले कोरोनाकाललाई पनि सहजै अवतरण गर्ने विश्वास हामीले लिएका छौ ।

खुराफातीहरुको विश्लेषणबाट रत्तीभर बिचल्लि नभएर केपी शर्मा ओलीको नेतृत्वको सरकार, प्रदेश सरकारहरु अनि स्थानीय सरकारहरु कोरोनाबाट समाजलाई बचाउन यसरी नै दत्तचित्त भएर लागोस्, नेपाललाई कोरोनाको संक्रमणबाट बचाउन प्रभावकारी नेतृत्व गर्नुभएका प्रम केपी शर्मा ओली, सबै मन्त्रीहरु, प्रदेश अनि स्थानीय सरकारहरु, प्रहरी, प्रशासन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सबै सामाजिक संघसंस्थाहरुलाई कोरोनाबाट बच्न र बचाउन दत्तचित्त भएर लागेकोमा सिंगो नेपाली जनताको तर्फबाट धन्यवाद । खुराफातीहरुको खुराफातलाई चिर्दै कोरोनाकालबाट समाजलाई मुक्त बनाउन वर्तमान सरकार अगाडी बढि रहोस्, शुभकामना ।